भर्जिन नभएको थाहा पाएपछि सुहागरातकै दिन सलले घाँटीमा बेरेर बेहुलाद्वारा बेहुलीको हत्या

Posted on: 25 Aug, 2016

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । 

जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरी आफ्नै भतिजीसँग विवाह गरेका थिए ।

 प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका छन् ।

 सुपरिटेन्टेड सज्जात खोखरले भने,‘कलन्दरले आफ्नी श्रीमति मारेको भनी स्वीकारी सकेको छ । आफ्नी श्रीमति भर्जिन नभएको थाहा पाएपछि कटनको सलवारले मारेर दुलाहा भागेको थियो ।’

 नव विवाह गरेकी लसहरीका परिवारले लसहरी र कलन्दर घर नफर्के पनि उनीहरु कलन्दरको घरमा गएका थिए । घरमा जादाँ उनीहरुले लसहरीलाई कोठमा मृत फेला पारेपछि उनीहरु प्रहरीमा उजुर गर्न गएका थिए । प्रहरीले यसबारे थप अनुसन्धान गर्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!