प्रयोग गरिएको श्रीमती, (युज्ड वाइफ) बिक्रीमा !

Posted on: 15 Sep, 2016

भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने साइमन ओ’केन नाम गरेका व्यक्तिले इ–लिलामी साइट इबेमा आफ्नाी श्रीमती बिक्रीका लागि राखेका हुन् । 

उनको श्रीमतिलाई खरिद गर्न ६५ हजार ८ सय ८० पाउन्डको बोली लागिसकेको बताइएको छ। साइमनले आफू बिरामी पर्दा श्रीमतीले कुनै संवेदना नदेखाएका कारण बाध्य भएर यस्तो कदम उठाउनु परेको बताएका छन्। साइमनले गत साता लिलामी साइट इबेमा आफ्नो २७ वर्षीय श्रीमती लियन्डाको फोटो राखेका थिए। र, विज्ञापनमा लेखिएको थियो– युज्ड वाइफ। 

उनले बिक्रीमा राखेका आफ्नो श्रीमतीको फाइदा र बेफाइदा दुवै स्पष्ट पारेका छन्। दि डेली एक्सप्रेस पत्रिकाका अनुसार दुई बच्चाका पिताले लियन्डा समर्पित श्रीमती नभएको दावी गरेका छन्। तर, उनले श्रीमतीको खाना पकाउने कलाको खुब तारिफ गरेका छन्। 

उनले इबेमा बिक्रीमा राखेको आफ्नो श्रीमतीका लागि दुई दिनमै ६५ हजार ८ सय ८० पाउन्डको बोली लागेकोमा अचम्ममा परेका छन्। आफूलाई बिक्रीका लागि राखेको थाहा पाएपछि साइमनकी श्रीमती उनलाई मार्न चाहन्थिन्। साइमनले विज्ञापनमा आफ्नो श्रीमती कुनै युवा मोडलसँग साट्न चाहेमा आफूले पुनर्विचार गर्ने बताएका थिए।  

‘म आगो भएकी थिएँ। म उसलाई मार्न चाहन्थेँ । म काम गर्ने ठाउँमा सबैजना विज्ञापन देखेर मेरो मजाक उडाइरहेका थिए। उसले मलाई विक्रीका लागि मात्र लिलामीमा राखेको थिएन, मेरो खराब फोटो पनि पोस्ट गरेको थियो,’ पेशाले ब्युटी थेरापिस्ट लियन्डाले भनिन्।  

साइमनले आफूलाई थुप्रै व्यक्तिले प्रतिक्रिया पठाएको बताएका छन्। जसमा कसैले गालीगलौच गरेका छन्। तर, धैरेका पत्र मजाक रहेको उनको भनाई छ।  

इबेले तुरुन्तै त्यो विज्ञापन हटाएको थियो। यसले साइमन निरास छन् किनभने उनी हेर्न चाहन्थे आफ्नो श्रीमतीका लागि कतिसम्मको बोली लाग्थ्यो। उनले पछि स्पष्टीकरण दिने क्रममा भनेका छन्– ‘मैले मानिसहरूलाई हसाउँन यस्तो गरेको हुँ। यसको पछाडि कुनै ठूलो योजना थिएन।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!