अमेरिकी राष्ट्रपतिले iPhone चलाउन पाउँदैनन्, ब्याण्ड छन् यी ७ कुरा

Posted on: 21 Sep, 2016

सास | संसारकै सबैभन्दा शक्तिशालीहरु मध्य अमेरिकी राष्ट्रपति पनि हुन् । उनको शक्तिको अगाडी जो कोहि पनि कमजोर देखिन्छन । तर केहि यस्तो काम पनि छन् जो अमेरिकी राष्ट्रपतिले पनि गर्न सक्दैनन् । तल पढ्नुस अमेरिकी राष्ट्रपतिलाइ ब्याण्ड गरिएका बिशेष ७ कुरा हरु । sajhasabal.com

१. अमेरिकी राष्ट्रपतिले आइफोन प्रयोग गर्न पाउंदैनन् 

अमेरिकी राष्ट्रपतिले आइफोन मात्र नभई यस्ता कुनैपनि फोन प्रयोग गर्न पाउंदैनन् जसमा रेकर्ड सिस्टम हुन्छ । यसै कारण अमेरिकी राष्ट्रपति बराक ओबामा ब्ल्याकबेरीको फोन प्रयोग गर्छन ।

२. ड्राइभ गर्न पाउँदैनन् 

संसारकै सबैभन्दा शक्तिशाली मानिसले पनि कारको पछाडीपट्टिको सीटमा बस्नुपर्ने नियम छ । कुनै पनि कारण उनलाई आफै ड्राइभ गर्ने अनुमति हुँदैन । तर गल्फ कोर्समा मात्र उनले ड्राइभ गर्न सक्छन ।

३. गांजा पूर्णत: ब्याण्ड 

अमेरिकामा गांजा पिउन त यसैपनि पाइन्न तर औषधिको रुपमै पनि त्यसको प्रतिबन्ध अमेरिकामा छ । अमेरिकाका राष्ट्रपतिलाई कहिलेपनि यो कुरालाई कानुनी मान्यता दिने अधिकार छैन ।

४. राष्ट्रपतिले युद्धको घोषणा गर्न पाउँदैनन् 

अमेरिकामा युद्धको घोषणा गर्ने अधिकार मात्र कांग्रेसलाई छ । 

५. नागरिकको हतियार जफत गर्ने अधिकार छैन 

अमेरिकी राष्ट्रपतिसँग जस्तोसुकै स्थितिमा पनि नागरिकसँग हतियार जफत गर्ने अधिकार छैन । जबसम्म कुनै कानुनी कारण हुँदैन तबसम्म राष्ट्रपतिले हतियार जफत गर्न पाउँदैनन् ।

६. सरकारी तलब बाहेक केहि आर्जन गर्न पाइन्न 

आफ्नो पोस्टमा रहेसम्म अमेरिकी राष्ट्रपतिले कतै लगानी गर्ने वा एक्स्ट्रा सम्पति आर्जन गर्न पाउंदैनन् । उनको तलब मात्रै उनको आयस्रोत हो ।

७. संविधान बदल्ने अधिकार छैन 

हेरफेर सानो होस् वा ठुलो, संविधानमा कुनैप्रकारको संसोधन गर्ने पावर अमेरिकी राष्ट्रपतिलाई छैन । अमेरिकामा जति पनि परिवर्तन हुन्छ त्यो (SCOTUS (Supreme Court Of The United States) द्वारा गरिन्छ । अदालतको कुनैपनि फैशलामा राष्ट्रपतिको कुनै भूमिका हुँदैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!