वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट

Posted on: 18 Dec, 2016

पुस ३, काठमाडौँ | वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो । ग्राहकले यस्तो प्लान १ बर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् । 

यस्तै वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ । इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निशुल्क सेवा उपलब्ध गराउने भएको छ । यसरी ग्राहकले १ महिनको सेवा सुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन् । यस सेवामा ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ ।

आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नु पर्ने छ । 

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ । 

वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!