मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’

Posted on: 15 Jan, 2017

माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ । 

यसैवर्षको पहिलो छ महिनाभित्रै स्याटलाइट प्रयोगमा आइसक्ने भएकाले भारतले यस्तो आग्रह गरेको हो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत यही पुस १९ गते पत्र पठाउँदै सञ्चालनअगावै तयारी थाल्न आग्रह गरेको हो।

भारतले पठाएको पत्रमा स्याटालाइट प्रयोगका लागि जमिनमा राख्नुपर्ने उपकरण र पूर्वाधार तथा अन्य कार्यलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाउन भनिएको छ। - कान्तिपुर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!