अब नेपालभर फेसबुक निःशुल्क चलाउन पाईने

Posted on: 14 Feb, 2017


फागुन ३, काठमाडौं । अब एनसेलका ग्राहकले नेपालभर फेसबुक निशुल्क चलाउन पाउने भएका छन ।

केही समयदेखी ट्विटर चलाउन नि:शुल्क दिदैं आएको एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो ।

आजै राती १२ बजेदेखी लागु हुने गरि नेपालभरका सबै एनसेल ग्राहकमा यो व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । यस्तै फोटो अपलोड गर्न पनि पैसा लाग्ने छैन । तर च्याट गर्दा र फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने एनसेलले जनाएको छ ।

सास ७५ जिल्लाकै कभरेज यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!