अब पानीबाटै चल्छ बाइक (भिडियो सहित)

Posted on: 08 Aug, 2016


साउन २४, काठमाडौँ | इन्धको बिकल्पमा सहज रुपमा बाइक चलाउने सोँचाई कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना यथार्थ बनिसकेको छ ।

ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् । वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन गरी त्यसलाई पेट्रोलको साटो पानीले चल्ने बनाएका हुन् । यसको नाम टी पावर एच टू ओ राखेका छन्।  यसरी पानीले चल्ने बाइकको माइलेज पनि निकै उच्च छ । एक लिटर पानीले यो बाइकले ५ सय किलोमिटर यात्रा गर्न सकिन्छ ।

यो बाइक पूर्णरुपमा पर्यावरणमैत्री रहेकेा बताइएको छ । यसले कार्वनमोनोअक्साइडको साटो पानीको वाफ मात्र छाड्दछ । यो बाइक बनाउने युवा वैज्ञानिक रिकार्डोका अनुसार पानीबाट बाइक चलाउने प्रविधि बनाउनका लागि निकै आधारभूत प्रविधिको प्रयोग गरिएको छ । यो बाइकमा पानी भर्नका लागि ट्यांकी रहेको छ । यसमा पानी हालेपछि ब्याट्रीको माध्यमले पानीबाट हाइड्रोजन निस्कन्छ । सोही हाइड्रोजनले बाइकको इन्जिन चल्दछ ।

रिकार्डो अब आफ्नो बाइकलाई परीक्षणका लागि तयार पारेका छन् । यदि परीक्षण सफल भएमा यो परिवहन क्षेत्रमा नयाँ क्रान्ति हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!