नेपाल पर्यटन बोर्डद्वारा पर्यटन दुतमा समाजसेवी दिपक खरेल नियुक्त

Posted on: 02 Aug, 2016

बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  ।

काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्ष देखि बार्सिलोना बस्दै आएका छन्  । गैर आबसिय नेपाली संघ स्पेनको संस्थापक हुदै आई सी सी सदस्य समेत भैसकेका खरेललाई  नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले खरेललाई गत जुलाई ११ , २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो ।

स्पेनको बार्सिलोना क्षेत्रको लागि खरेललाई उक्त पदमा नियुक्त गरेको हो । स्पेनबाट  पर्यटन दूतमा नियुक्ति हुने खरेल पहिलो व्यक्ति हुन् ।

नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा खरेलले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न कटिबद्ध रहेको बताएका छन् ।

पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!