एकाबिहानै भारतमा भूकम्पको धक्का, दिल्लीमा ६ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने

Posted on: 02 Jun, 2017

जेठ १९, काठमाडौँ | भारतको हरियाणास्थति रोहतकमा आएको भूकंपको धक्का राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।

आज बिहान गएको भूकम्पको धक्का ४.२५ रेक्टर मापन गरिएको छ । अहिलेसम्म भूकम्पको कारण कुनै नोक्सानको खबर आएको छैन । जब भूकम्प आयो तब ५ देखि ७ सेकेन्डसम्म हल्लाएको थियो । 

भूकम्पको केन्द्रबिन्दु हरियाणाको रोहतकनजिक जमीनदेखि २२ किलोमिटर जमिनमुनि मापन गरिएको छ । उक्त भूकम्पको झड्काले भारतको दिल्लीमा समेत महसूस गरिएको छ ।

दिल्लीमा ६ रेक्टर भन्दा ठुलो तीव्रता भएको भूकम्प जान सक्ने 

भू-वैज्ञानिकहरुको अनुसार भूकम्पको खतरा हेर्ने हो बहने भारतको अधिकांश भाग सीस्मिक जोनमा पर्दछ । सबैभन्दा कम खतरा भएको जोन-२ मा छ भने सबैभन्दा खातार्नाक जोन-५ अन्तर्गत पर्छ । भारतको दिल्ली जोन ४ मा पर्ने हुँदा दिल्लीलाई भूकम्पको खतरनाक जोन मानिन्छ । दिल्लीमा ६ रेक्टरभन्दा ठुलो भूकम्प जान सक्ने भू-बैज्ञानिकहरुले अनुमान गरेका छन् ।

पृथ्वी मुनि सात प्लेट छन्, जो लगातार घुमीरहेका हुन्छन् । जहाँ ति प्लेटहरु धेरै ठक्कर खान्छन, त्यस स्थानलाई फल्ट लाइन भन्ने गरिन्छ । पटक-पटक प्लेटहरुको ठक्कर खाने क्रममा प्लेटहरु फुट्ने गर्छन् । जमिन मुनिका ति प्लेटहरु ठक्कर खाएर टुट्ने क्रममा त्यहाँ शक्ति पैदा हुन्छ र उक्त शक्ति बाहिर आउने बाटो खोज्दा अबरोध सृजना हुनासाथ त्यसको कारण जमिनमा भूकम्पको धक्का जान्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!