छ जना अफगान सुरक्षाकर्मी र आठ आतंककारी मारिए

Posted on: 15 May, 2018

जेठ १ काबुल | अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ । 

साथै यस झडपमा अन्य आठ आतंककारी पनि मारिएका छन् । 

सुरक्षा स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । फराह सहरलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय समयाअनुसार मङ्गलबार मध्यराति २ बजे तालिबान आतंककारी समूहले आक्रमण गरेका सुरक्षा स्रोतले जानकारी दिएको छ । 

प्रारम्भिक समाचारअनुसार छ सुरक्षा अधिकारी मारिएका गृहमन्त्रालयका प्रवक्ताले स्थानीय समाचार संस्था टोलो समाचार समितिलाई जानकारी दिनुभएको छ । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!