रुसमा खुशियाली

Posted on: 02 Jul, 2018

असार १८, मस्को | रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । 

विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुशियाली मनाएका छन् । 

आयोजक राष्ट्र रुसले पूवविश्वकप विजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रुपमा लिइएको छ । 

रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोक चोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन् । 

फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो । यस अघिका विश्वकप प्रतियोगिताहरुमा उता स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो । 

प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो । 

थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’ मा गएको थियो । 

रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो । उनीहरुले आफूहरु टाइबे्रकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए । 

नभन्दै परिणाम पनि त्यस्तै आयो । 

उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो । 

रुस पहिलो पटक क्वाटर फाइनलमा पुगेका हो । आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुशियाली देशैभरि मनाइएका समाचारहरु विश्वका सञ्चारमाध्यमहरुमा आएको छ । रासस÷एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!