पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, यस्तो सजाय हुने !

Posted on: 14 Jul, 2018

असार ३०, पेसावर | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । 

उहाँलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उहाँसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताउनुभएको थियो । 

शरीफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । 

सो फैसलाको समयमा लन्डनमा रहनुभएका शरीफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उहाँलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ । 

पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान शुरु भइसकेको छ । 

निर्वाचनको पूर्व सन्ध्यामा उहाँलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ । 

उहाँले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताउनुहुन्छ ।लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उहाँले सार्वजनिक गर्नुभएको एक भिडियोमा भन्नुभएको थियो, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।” 

उहाँलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । 

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । 

प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!