भारतद्वारा 4000 KM टाढासम्म प्रहार गर्न सक्ने “अग्नी—चौथो” को परीक्षण

Posted on: 23 Dec, 2018

पुष ८, नयाँदिल्ली | भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । 

अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । 

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो । 

आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ । 

भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!