श्रीलंका बम आक्रमण: यसरी जोगियो विनोद चौधरीको पाँच तारे होटल (हेर्नुहोस् भिडियो)

Posted on: 26 Apr, 2019

बैशाख १३, काठमाडौं  | श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट जोगिएको छ।

प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट' सो होटल पनि थियो।

आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामाग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।

ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजे पनि प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ।

त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए। त्यँही बम बिस्फोट भएर उनको मृत्यु भयो।

सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।

ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने थियो भनेर श्रीलंकन प्रहरीले जनाएको छ। समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात 'ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ।

'ताज समुन्द्र’ भारतको प्रसिद्ध 'ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो।

अहिले चौधरी समुहले संसारभर कैयौं होटल र रिसोर्ट चेन संचालन गरिरहेको छ।

यसरी एक चर्चमा छिरेर बम बिस्फोट गराउन प्रवेश गर्दै गरेका एक बम आक्रमणकारी सिसिटिभीमा कैद भएका थिए। एजेन्सीबाट 

हेर्नुहोस भिडियो:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!