संसारका सबैभन्दा धनी जेफ बेजोसलाई सुरक्षा खतरा भएपछि...

Posted on: 02 May, 2019

काठमाडौं १९, सान फ्रान्सिस्को । संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक अध्यक्ष जेफ बेजोसको सुरक्षा थप बलियो बनाइएको छ । उनका लागि अफिसमा असल्ट राइफलबाट बर्सने गोली पनि रोक्न सक्ने बुलेटप्रुफ सिसा लगाइएको छ । मिडिया रिपोर्टका अनुसार यसमा करिब १ लाख ८० हजार डलर (दुई करोड बढी) खर्च गरिएको छ । एमेजनका बोसको सुरक्षामा हरेक वर्ष करिब १६ लाख डलर खर्च गरिन्छ ।

टिम कुकः

अन्य चर्चित मुख्य कार्यकारी अधिकारीको कुरा गर्ने हो भने एप्पलका मुख्य कार्यकारी अधिकारी टि कुकको सुरक्षामा गत वर्ष तीन लाख १० हजारको खर्च आयो जबकी अरेकलले आफ्नी सिइओ लेरी एलिसनको सुरक्षामा १६ लाख डलर खर्च गर्यो ।

मार्क जुकरवर्गः

फेसबुकका सिइओ मार्क जुकरबर्गको सुरक्षामा सन् २०१६ देखि अहिलेसम्म खर्च अहिलेसम्म चार गुणा बढेको छ । गत वर्ष उनको सुरक्षाका लागि कम्पनीले २ करोड डलरको खर्च गर्यो ।

साउदीले ह्याक गराएको थियो बेजोसको फोनः

एमेजनका सेक्युरिटी कन्सल्टेन्ट गेविन डी बेकरले गत महिना डेली बिस्ट पत्रिकाका एक लेख लेखेका थिए जसमा साउदी अरबले बेजोसको स्मार्टफोन ह्याक गरेको र उनको नीजि तस्बिरलाई एक मिडिया कम्पनीसँग साझा गरेको बताएका थिए । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!