अफगानिस्तानको राजधानी काबुलमा बिस्फोट, कम्तीमा १० को मृत्यु

Posted on: 05 Sep, 2019

भदौ १८, एजेन्सी | अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको छ | स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् |

आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ । यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो। तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन ।

अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ। १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुन लाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!