पाकिस्तानी अदालतको यस्तो फैसला: मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव झुण्ड्याउनू

Posted on: 20 Dec, 2019

पुस ४, एजेन्सी | पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ लाई त्यहाँको विशेष अदालतले मृत्युदण्डअघि नै मृत्यु भए  शवलाई झुण्ड्याउन आदेश दिएको छ | अदालतले उनलाई गतहप्ता  मृत्युदण्डको सजाय सुनाएको थियो | 

उक्त आदेशमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख गरिएको छ | पाकिस्तानको सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतले यो आदेश दिएको हो | 

उनले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए |  २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित समेत गरे | मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए | उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतले बताएको छ |

हाल मुशर्रफ उपचारका लागि युएईमा छन् भने  उनले अस्पतालबाटै भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!