सैनिक हेलिकप्टर आकस्मिक अवतरण, प्रधान सेनापति बेपत्ता

Posted on: 02 Jan, 2020

पुस १७, एजेन्सी | ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा  प्रधान सेनापति बेपत्ता भएका छन् |  प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ |

उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न सेनापति मिङ जाँदै थिए | हेलिकप्टरमा सवार केहीलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैन | हेलिकप्टर आकष्मिक अवतरणको कारण भने खुलेको छैन |

जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो | उद्दार कार्य जारी रहेको स्थानीय संचार माध्यमले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!