अमेरिकाले जवाफि हमला गरे इजरायल र दुबईमा आक्रमण गर्ने इरानको चेतावनी

Posted on: 08 Jan, 2020

पुस २३, एजेन्सी | इरानका सेना कमान्डर जनरल कासिम सुलेमानीमाथि अमेरिकाले हवाई आक्रमण गरेर मारेपछि दुई देशबिच तनाब बढ्दै गएको छ | त्यसको जवाफमा इरानले इराक स्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गरेको छ |

उक्त आक्रमण पछि अमेरिकाले जवाफी कारबाही गर्ने आशंका गरिएको छ | तर यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकनले गरेको आक्रमणप्रति समिक्षा भइरहेको प्रतिक्रिया दिएका छन् | इरानले आफूबिरुद्ध अमेरिकाले आक्रमण गरे अमेरिकाको नजिकका मित्र देश इजरायल र दुबईमा बमबारी हान्ने चेतावनी दिएको छ |

त्यस्तै इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक बक्तव्य जारी गर्दै आफूमाथि आक्रमण भए अमेरिका र उसका मित्रशक्तिले निकै पछुताउनु पर्ने चुनौती दिएका हुन् | इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ |

इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ भने,आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!