अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु ! संक्रमित १० लाख नाघे

Posted on: 28 Apr, 2020

वैशाख १६, काठमाडौँ | अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु भएको हालसम्मको तथ्यांकबाट देखिएको छ । विश्वमा ३० लाख ६४ हजार ८३० जना कोरोनाबाट संक्रमित हुँदा अमेरिकामा मात्र कोरोना संक्रमितको शंख्या १० लाख नाघेको छ । 

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १० लाख १० हजार ५ सय ७ पुगेको छ भने मृतकको संख्या ५६ हजार ८ सय ३ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै सबैभन्दा धेरै हो । कोरोना संक्रमितहरु जति निको भएका छन् त्यसको आधारमा मृत्यु हुनेको शंख्या पनि बढीनै रहेको छ । हालसम्म अमेरिकामा कोरोना मुक्त हुनेको शंख्या १ लाख ३८ हजार ९ सय ९० पुग्दा मृत्यु हुनेको शंख्या ५६ हजार ८ सय ३ पुग्नुले अमेरिकामा कोरोनाले थप भयावह स्थिति देखाएको छ । निको भएकाहरुको शंख्या र मृत्यु भएका शंख्यालाई तुलना गर्ने हो भने अमेरिकामा हरेक एक सय जनामा २९ जना संक्रमितको मित्यु भएको अहिलेको अवस्था छ । 


वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भएको छ ।

संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ । अमेरिकामा कोरोना संक्रमित भएर मृत्यु भएका वा निको भएकाहरुको कुल शंख्या १ लाख ९५ हजार ७ सय ९३ जना छन् भने बाँकी ८ लाख १४ हजार ७ सय १७ जना अस्पतालमै छन् । 

अमेरिकाको न्युयोर्कमा मात्र २ लाख ९८ हजार ४ जना संक्रमित भएका छन् । न्युयोर्क सहरमा मृत्यु हुनेको शंख्या २ हजार ६ सय २३ रहेको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा कोरोना संक्रमित हुनेको शंख्या १ लाख ११ हजार १ सय ८८ जना रहेको छ भने यो सहरमा ६ हजार ४४ जनाले ज्यान  गुमाएका छन् । 

अमेरिकाका अन्य राज्यहरुमा पनि कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । 

स्रोत: worldometers.info 

यस बिषयमा तपाइको प्रतिक्रिया...!