भारत-चीन सीमामा तनाव: सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

Posted on: 10 May, 2020

वैशाख २८, काठमाडौँ (एजेन्सी) | उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । सेनाको स्रोतलाई उद्धृत गर्दै स्रोतले दुई देशका सैनिक यतिबेला निकै आक्रामक व्यवहार देखिएको बताएको छ । 

सीमाका बिषयमा तनाब सुरु हुँदा दुई देशका सेनाबीच झडप भएको थियो । उक्त झडपका क्रममा दुबैतर्फका सैनिक घाइते भएको बताइएको छ । यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको थियो ।


मिडिया रिपोर्टका अनुसार उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए ।

भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आएता पनि यसपटकको झगडा निकै लामो समयपछि भएको हो । दुई देशका सेनाले यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!