ट्रम्पले भने 'मसँग निकै नजिक रहने व्यक्तिमा कोरोना देखियो, तसर्थ औषधी खाएँ'

Posted on: 20 May, 2020

जेठ ७, काठमाडौँ | ह्वाइट हाउसमा दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विनको सेवन गर्नु ‘उचित’ भएको बताए ।

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मलेरिया र लूपसको औषधी प्रयोग गरिरहेको बताएका थिए । यद्यपि, सर्वाजनिक स्वास्थ्यकर्मीले यसको प्रयोग असुरक्षित हुनसक्ने बताउँदै चेतावनी दिएका छन् । 

मंगलबार क्याबिनेट बैठकमा उनले आफूसँग निकै नजिक रहेका एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।

ट्रंपले भने ‘म माइक (पेन्स, उप–राष्ट्रपति) सँग धेरै काम गर्छु र उनीसँग निकै नजिक रहने व्यक्तिमा पनि पोजेटिभ देखिएको छ । मलाई लाग्छ कि मेरो हिसाबले यसको सेवन गर्नु यो खराब समय होइन ।’ 

साथै ट्रम्पले अमेरिकाबाट ब्राजिलको यात्रामा प्रतिबन्ध लगाउनेबारे कुराकानी भइरहेको पुष्टिसमेत गरे । संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा छ ।

उनले भने, ‘म चाहन्नँ कि मानिसहरु यहाँ आउन् र हाम्रा जनतालाई संक्रमित गरुन् ।’

‘म चाहन्नँ कि मानिसहरु बिरामी होउन् । हामी भेन्टिलेटर्समार्फत् ब्राजिलको मद्दत गरिरहेका छौं । ब्राजिललाई केही समस्या भइरहेको छ, त्यसबारे कुनै प्रश्नै उठ्दैन, ’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!