नेपालबारे गरिएको अपत्तिजनक ट्वीटबारे जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले माफी मागे

Posted on: 10 Jul, 2020

असार २६, काठमाडौँ | भारतीय समाचार च्यानल जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले नेपालबारे गरिएको अपत्तिजनक ट्वीटबारे माफी मागेका छन् । 

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि चौधरीले नेपाल भारतको न्यूज एङ्करहरुसँग नै डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए । उनले आफ्नो उक्त ट्वीटलाई हटाउँदै माफी मागेका छन् । 



पछिल्लो ट्वीटमा उनले लेखेका छन् 'मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए । सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन । त्यही भएर म खेद प्रकट गर्दै यो ट्वीट हटाउँदैछु ।' 


यसअघि उनि सम्पादक रहेको जी न्युज टेलिभिजनमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक समाचार प्रशारण भएको थियो । उक्त समाचार तथा केहि भारतीय मिडियाको प्रस्तुति शैलीलाई नेपालको पत्रकारिता जगतले पीत पत्रकारिताको संज्ञा दिएको छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!