भारतमा ५० बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा एकजना पक्राउ

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | भारतमा ५० जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ परेका छन् |  ५० जना बालबालिकाको भिडियो र तस्बिर बेचेको आरोपमा उत्तरप्रदेशमा सिँचाइ विभागका एक जना जुनियर इञ्जिनियरलाई पक्राउ गरिएको छ |

संचार माध्यमा जनाईए अनुसार केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले बालबालिकाको अनलाइन उत्पीडनबारे निगरानी राख्नका लागि बनाएको स्पेहल पूनिटमार्फत् कयौँ दिनसम्म निगरानी गरेर त्यसपछि पक्राउ गरिएको हो |

जूनियर इञ्जिनियरले गएको १० वर्षको अन्तरमा ५ देखि १६ वर्षका ५० जना बालबालिकाको विभिन्न तरिकाले यौन उत्पीडन गरेको पाइएको छ | यी बालबालिका उत्तर प्रदेशको चित्रकूट, बांदा र हमीरपुर जिल्लाका रहेका छन्  । कतिपय बालबालिकालाई घटनाबारे कसैलाई पनि नभन्न भन्दै केही नगद र मोबाइल फोन दिएको सीबीआईका अधिकारीले बताएका छन् |

उनको साथबाट आठ लाख रुपैयाँ नगद, मोबाइल फोन, ल्यापटप, वेब क्यामेरा, पेन ड्राइभ, मेमोरीकार्ड लगायतका सामान बरामद गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!