चीनलाई ठूलो सफलता : कोरोना विरुद्धको खोप अन्तिम चरणमा

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको चिनले निर्माण गरेको खोपले मध्यम चरणको परिक्षणमा सफलता पाएको छ | योसंगै यो खोप अन्तिम चरणमा पुगेको हो | अनुसन्धानकर्ताहरुका अनुसार खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको थियो |

उक्त खोप सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै छ | यतिबेला अमेरिका र अन्य देशहरुले खोप परिक्षणमा सफलता प्राप्त गरिसकेका छन् | सोहि क्रममा चिनले पनि आफुले परिक्षण गरेको खोपको प्रभावकारिता सार्वजनिक गरेको हो |हाल सम्म अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ | हाल चिनमा चार वटा खोपहरूको विकास भइरहेको छ | तिनीहरुको परिक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डाेनेसिया र ब्राजिलमा भइरहेको छ |

चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो |

गत डिसेम्बरमा चिनको हुवानबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी फैलिसकेको छ | विश्वका पाँच करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!