चीनमा माटो छरेर बाँझो पहाडलाई हरियो बनाइँदै

Posted on: 23 May, 2021

जेठ ९, बेइजिङ । चीनको उत्तरतर्फ रहेको शान्जी प्रान्तको राजधानी ताइयुआनमा स्थानीय कामदारहरुले एक विशेष उपकरणको प्रयोगमार्फत बाँझो पहाडमा माटो छरेर हरियो बनाइरहेका छन् ।

त्यसरी छरिने माटोमा विभिन्न रुख–बिरुवाका बीउहरु पनि मिसाइएको हुन्छ । तिनै बीउहरु छिट्टै उम्रिएर रुखो पहाडलाई हरियो बनाउनेछ । बीउका साथै उक्त माटोमा अर्गानिक तत्व सेलुलोज पनि मिसावट गरिएको हुन्छ, जसले बिरुवालाई प्रभावकारी रुपमा हुर्किन मद्दत मिल्ने बताइएको छ ।


हाल यो कार्यक्रम सञ्चालनमा रहेको मुयुन पहाड कुनै समय दर्जनौँ किसिमका चुनढुंगाको खानीघर मानिन्थ्यो, जसकारण सो क्षेत्र विगतमा अत्यन्तै बाँझो थियो । तर, सन् २०१७ मा स्थानीय सरकारले १४ वटा खानी बन्द गराइ त्यहाँको वातावरण पुनःस्थापना गर्न सुरु गरेको हो ।


अहिले त्यहाँ रुख–बिरुवा रोप्ने काम जारी छ भने खाल्डाहरु पनि मलिलो माटोले पुरिएको छ । अहिले त्यहाँको अधिकांश क्षेत्र विस्तारै हरियालीमा परिणत भएको देख्न सकिन्छ ।


यसरी खानीमा काम गर्ने धेरै मानिसले हाल रुख–बिरुवा रोपेरै जीविकोपार्जन गरिरहेका छन् । यस नयाँ कामले उनीहरुलाई राम्रो आम्दानी प्रदान गर्नुका साथै वातावरणलाई पनि स्वस्थ बनाइरहेको छ । सीजीटीएन बाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!