अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार

Posted on: 15 Sep, 2016

भदौ ३०, नयाँ दिल्ली । लिबियामा अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएका छन् । 

ती दुई भारतीय नागरिक एक बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण छिमेकी राष्ट्र तेलाङ्गानामा रहेका थिए । 

लिबियाको सिर्ते विश्वविद्यालमा अध्यापन गराउँदै आएको चार भारतीय शिक्षक सन् २०१५ को जुलाईमा इस्लामिस्ट स्टेट (आएएस) आतङ्ककारी समूहले अपहरण गरेका थिए । ती मध्ये दुई जनालाई आइएस आतङ्ककारी समूहले अपहरण गरेको केही दिनमा नै मुक्त गरेका थिए । 

तर गोपालकृष्ण र आलारामकृष्ण भने एक बर्ष भन्दा बढी समयदेखि अपहरणमा परिरहेका थिए । ‘म खुशि छु यो सुचना गर्न पाउँदा कि टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण तेलाङ्गानाका सन् २०१५ को जुलाई महिनामा लिबियामा अपहरण परेका भारतीय नागरिक उद्धार भएका छन् ’ स्वराजका ट्वीटरहमार्फत बिहीबार बिहान लेखेका छन् । 

सन् २०१४ को जुलाईमा ६५ जना भारतीय नर्सहरु लिबियामा भएको द्वन्द्वमा फसेका थिए । यद्यपी लिबियाको विभिन्न अस्पतालमा कार्यरत ती नर्सहरु गत बर्षको अगस्टमा भारत फर्केका थिए । 

सन् २०१४ को जुनमा इराकी सहर मोसुल हिंसा अत्यन्त प्रभावित भएको अवस्थामा निर्माधिन काममा कार्यरत ४० भारतीय कामदारमा अपहरण परेका थिए । ती कामदारहरु अहिलेसम्म फेला परेका छैनन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!