२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रारम्भिक तथ्यांकमा भन्दा २७ हजार ९०२ जनाले घट्यो जनसंख्या

२०७९, १० चैत्र शुक्रबार ०६:२५

चैत १०, काठमाडौँ । प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो ।  तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो । 

शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को विस्तृत नतिजा सार्वजनिक गरिएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ ।

विभागका अनुसार मधेस र बागमती प्रदेशमा २१ प्रतिशत (६१ लाख हाराहारी) जनसङ्ख्याको बसोबास रहेको छ । 

त्यस्तै सबैभन्दा कम बसोबास कर्णालीमा ६ प्रतिशत रहेको छ । त्यस्तै २५३ वटा नगरपालिकाको बसोबास बढेको छ । सहरी क्षेत्रको बसोबास झन्डै दुई तिहाइ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । विभागका अनुसार सहरी क्षेत्रमा मात्रै १ करोड ९२ लाखको बसोबास भएको तथ्याङ्क विभागको रेकर्ड छ । विगत १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा जनसङ्ख्या वृद्धि दरको परिवर्तन भएको छ । 

यो प्रदेशमा करिब १४ प्रतिशतले जनसङ्ख्या वृद्धि दर छ । त्यस्तै गण्डकी प्रदेशको सबैभन्दा कम वृद्धिदर छ । यहाँ २ दशमलव ६१ प्रतिशतको वृद्धिदर छ ।  उमेर समूहका आधारमा नेपालको जनसङ्ख्या १५ देखि १९ वर्षको उमेर समूहको धेरै रहेको छ ।  

केटाकेटीको सङ्ख्या घटेको छ । यो समूहको ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । ६० वर्षमाथिका पहिला ८ प्रतिशत रहेकोमा अहिले १० प्रतिशतभन्दा बढी छ ।   बुढाबुढीको सङ्ख्या बढेको छ । तन्नेरीको सङ्ख्या घटेको छैन । भविष्यमा केटाकेटीको सङ्ख्या घट्दै जाने हो भने । आर्थिक क्रियाकलापमा असर पर्ने विज्ञहरूको भनाइ छ ।  अघिल्लो वर्ष १० देखि १४ वर्षको उमेर समूह थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण