Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

२०७६, २१ असार शनिबार ०३:२४

असार २१, गलकोट । गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ । 

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको रु २५ लाखमध्येबाट रु १० लाखमा ३१ हजार बिरुवा लगाइएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशका कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिनुभयो । 

नमूना कृषि गाउँ रेशको बौर–तिङ्रिङको ५० रोपनी क्षेत्रफलमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको शर्माले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको भिरालो जमीनमा चिया तथा अलैँची खेतीको राम्रो सम्भावना देखेपछि चिया तथा अलैँचीखेती गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । 

कृषिउपजमा आत्मनिर्भर गराउने उद्देश्य राखेको गाउँपालिकाले तल्लो भागमा सुन्तला तथा उपल्लो भेगमा चिया तथा अलैँचीखेतीको विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ । नमूना कृषि गाउँका लागि रेशमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ । रेशमा खोर, भकारो तथा मलखात सुधार र तालीम कार्यक्रम, डाँले घाँस तथा उन्नत जातको घाँसको विस्तार कार्यक्रम, घाँसको बिरुवा खरीद तथा रोपण कार्यक्रम, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरीद तथा रोपण कार्यक्रम, उन्नत जातको बीउ बोका सामूहिकपालन कार्यक्रम, एकीकृत घर बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण कार्यक्रम, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण कार्यक्रम, महिलामैत्री औजार खरीद, गड्यौलाको मल उत्पादन कार्यक्रम, होर्डिङ बोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताउनुभयो । 

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँलाई रेशको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकरीका अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । 

बागलुङ जिल्लामा चार वटा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको कार्यक्रम सञ्चालित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रेश गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल गाउँ नमूना कृषि गाउँ छनोट गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा