By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु
समाज

जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीनहरु

साझासवाल
Last updated: April 12, 2023 7:33 am
साझासवाल
7 Min Read
Share

चैत २९, झापा | कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । दृष्टिविहीन रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहनु भएको छ । चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएको छ । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उहाँसँग सुरिलो स्वर छ ।

झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका दृष्टिविहीनको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । दृष्टिविहीन गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् ।

कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुग्नुभयो । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उहाँले सङ्गीतको डिप्लोमा कोर्स पूरा गर्नुभएको छ । गाउने सुरिलो स्वर भएका उहाँ सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिनुहुन्छ । तर, नियतिले उहाँलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पुर¥यायो । “पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,” मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिनु भएको उहाँ भन्नुहुन्छ–“श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।”

मुर्मु चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आउनु भएको छ । पत्नी पनि दृष्टिविहीन नै हुनुहुन्छ । छोरा हाल विर्तामोडको एक आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न जानुभएको थिएन । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित सङ्गीत कक्षामा उहाँ प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो । 

उहाँसँग सङ्गीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् । “बन्दबन्दी सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै सङ्गीत कक्षा पनि बन्द भइसकेको थियो,” मुर्मुले सकसका दिनहरु सम्झिदै भन्नुभयो–“परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।”हरेक बिहान डेरामै खाना खाएर उहाँ बाहिर निस्कनुहुन्छ । उहाँलाई सहरका चोक र गल्लीमा पु¥याउने जिम्मा एकजना सहयोगीले लिएका छन् । 

सिटी रिक्सा वा टेम्पो चढेर उनीहरु बाजाका सामानसहित निर्धारित चोकमा पुग्छन् । ट्र्याक्टरमा मीठामीठा गीत गुन्गुनाउँदा मुर्मुको वरिपरि झुम्मिने दर्शकले दया र सम्मान दुबै दृष्टिले नगद सहयोग गर्छन् । 

आर्थिक सङ्कलनका लागि गीत गाउँदै भारतको दार्जिलिङसम्म पुगिसकेको बताउनुहुन्छ उहाँ । मुर्मु र उहाँको अर्को दृष्टिविहीन साथी दिनभरि आर्जेको नगद एकै ठाउँमा हिसाब गर्छन् र आम्दानी बराबर बाँडेर लिने गर्छन् । जेठा मुर्मु कहिलेकाहीँ एक दिनमै रु. दुई हजारसम्म कमाउने गरेको बताउनुहन्छ । आर्जेको यही नगदले डेराको भाडा तिर्ने, बालबच्चाको पढाइखर्च व्यहोर्ने र परिवारको खानपान धान्ने गर्दै आएको उहाँ बताउनुहुन्छ । 

हल्दिबारी घर भएकी २८ वर्षीया दृष्टिविहीन रोजिना खातुनको पारिवारिक कथा दर्दनाक छ । चार वर्षअघि दृष्टिविहीन पति सुभाष लिम्बूले सौता भित्र्याए । अर्की पत्नी लिएर पति हिँडेपछि दुई नाबालक छोराको सम्पूर्ण जिम्मेवारी रोजिनाको एक्लो काँधमा आयो । उहाँको एउटा १२ वर्षको छोरो जुनकिरी आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेको छ भने चार वर्षको अर्को छोरोलाई साथमै लिएर सडकमा गीत गाउन हिँड्ने गर्नुभएको छ ।

 दिनभरि एउटै थलोमा गीत गाउन बस्नु पर्दा चुलबुले छोरो टाढा नजाओस् भनेर उहाँले आफू र छोरालाई कम्मरमा सलले बाँध्ने गर्नुभएको छ । “त्यत्तिकै माग्दा कसैले केही दिदैन, पापी पेट भर्नै प¥यो,” विर्तामोडको हिकोला रोडमा गीत गाउँदै गर्दा भेटिनुभएकी उहाँले भन्नुभयो–“गीत गाएर मागेका छौँ । कसैले केही जागिर दिँदैन । काम पनि गर्नसकिने खालको पाइँदैन । कोठा भाडा तिर्नै प¥यो । दाल चामल किनेर खानै प¥यो । बच्चाको पढाइखर्च दिनै प¥यो ।”

झापाको पहिलो ब्याचका एसएलसी उत्तीर्ण दृष्टिविहीन दीपक थापा नेपालमा दृष्टिविहीन र अपाङ्गहरुले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण नभएको बताउनुहुन्छ । “सडकमा मागेर हिँड्नु राम्रो होइन, तर यसोगर्नु दृष्टिविहीनको बाध्यता हो,” विर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्षसमेत रहनुभएको थापा भन्नुहुन्छ–“पेट छ, खान मन लागिहाल्छ । घरमा खानेकुरा केही पनि छैन । बाँच्नका लागि बाध्य भएर तातो घाममा पसिनाले निथ्रुक्कै भिजेर दृष्टिविहीन भाइबहिनी गीत गाएर माग्न बाध्य छन् । यो कसैको पनि रहर होइन ।”

रोजगारी नपाएका र बिहेपश्चात आर्थिक सङ्कट झेलिरहेका दृष्टिविहीन प्रायः सडकमा गीत गाएर माग्नुपर्ने बाध्यतामा परेको उहाँको भनाइ छ । राज्यले दृष्टिविहीनका लागि तालिमको सीमित अवसर प्रदान गरे पनि तालिमपछि उनीहरुलाई स्वरोजगार बन्न चाहिने पुँजी र बजारको प्रबन्ध नगरेको थापाले गुनासो गर्नुभयो । झापा नेत्रहीन सङ्घकी अध्यक्ष यशोदा बराल दृष्टिविहीनको स्वरोजगारीका लागि सङ्घले स्थानीय तह र संस्थासँग मिलेर विभिन्न तालिम दिलाउने गरेको बताउनुहुन्छ । 

कनकाई नगरपालिकाले उनीहरुलाई उद्यमी बनाउन बीउ पुँजीसमेत दिएको उल्लेख गर्दै अध्यक्ष बरालले विभिन्न सीपमूलक र आयमूलक तालिममा दृष्टिविहीनलाई समावेश गरिँदै आएको जानकारी दिनुभयो । नेत्रहीन युवा सङ्घको झापा शाखा अध्यक्ष दिलकुमार राजवंशी सडकमा माग्न विवश दृष्टिविहीनको बढ्दो सङ्ख्याले मुलुकमा दृष्टिविहीनहरुको अवस्था नाजुक रहेको सावित हुने बताउनुहुन्छ । “कतिपय साथी सडकमा गीतको माध्यमबाट माग्न गइरहनुभएको छ, यसरी जानु नपरोस् भनेर प्रयास गरिरहेकै छौँ,” सङ्घको कोषाध्यक्षसमेत रहनुभएको राजवंशी भन्नुहुन्छ–“जेठा मुर्मु जस्तो पढेलेखेको सक्षम साथी पनि सडकमै पुग्न बाध्य हुनुभएको छ ।”

राज्यले दृष्टिविहीनलाई वर्गीकरण गरी तीन तहको परिचयपत्र प्रदान गर्दै आएको छ । रातो, नीलो र पहेँलो रङको कार्ड उनीहरुले पाउने गरेका छन् । पूर्ण दृष्टिविहीन र अल्पदृष्टि भएका आधारमा राज्यबाट उनीहरुले पाउने मासिक भत्ताले जीविका चलाउन सम्भव छैन । पूर्ण दृष्टिविहीनलाई सरकारले मासिक रु चार हजार भत्ता दिँदै आएको छ । कतिपय दृष्टिविहीनहरु अन्तरनिहीत प्रतिभाका कारण राष्ट्रिय व्यक्तित्वसमेत बन्नुभएको छ । चर्चित वक्ता तथा साहित्यकार रमेश प्रसाईं र प्रसिद्ध गायिका मेनका पौडेल झापा नेत्रहीन सङ्घको सदस्य हुनुहुन्छ । 

दुबैले झापामै माध्यमिक तहको शिक्षा र सङ्गीतको अध्ययन पूरा गर्नुभएको हो । झापामा सङ्घका ११५ सदस्यमध्ये पाँच जना स्नातकोत्तर तह उत्तीर्ण, ३० जना स्नातक र अधिकांश एसईइ तहका छन् । सङ्घमा सदस्य नरहेकासमेत जोड्ने हो भने झापामा दृष्टिविहीनको सङ्ख्या दोब्बर रहेको अनुमान गरिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
Next Article नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबझाङ्ग - BJNसमाज

द्वन्द्वकालमा बेपत्ता भएका प्रताप १७ वर्षपछि घर पुगे

57 years ago

ग्याँसको कालोवजारी प्रशासनको फन्दामा छैन भन्ने उवासंघको मुखमा ताला

57 years ago
काठमाडौँ - KTMसमाज

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

57 years ago
भक्तपुर - BKTसमाज

गठ्ठाघरमा तरुल मेला शुरु, मूल्य कति छ ? हेर्नुहोस्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?