2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

गठ्ठाघरमा तरुल मेला शुरु, मूल्य कति छ ? हेर्नुहोस्

पुस २८, भक्तपुर | काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । 

आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ । 

भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री शुरु भएको थाहा पाएर यहाँ आए, अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, यही बजार खुलेपछि यहीबाट लगेर व्यापार गर्न सजिलो भयो ।” भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएको सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले यहाँ कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरो बल्खुमा पनि तरकारी पसल छ, त्यहाँ म कालीमाटीबाटै तरकारी लैजान्छु, यो तरकारी बजारमा सञ्चालक श्याम बस्नेतले ढुवानी आफैँले गरिदिने र स्टलको समेत भाडा नलिएकाले कालीमाटीमा भन्दा सस्तोमा तरुल बिक्री गरिरहेका छौँ ।” तरुल बिक्री शुरु भएपछि व्यापारी र स्थानीय उपभोक्ताको भीड लागेको बताउँदै भक्तपुर तरकारी बजारले व्यापारीदेखि उपभोक्ता समेतलाई राहत मिलेको उहाँको भनाइ छ । 

भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले यहाँ तराई, पहाड र भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताउनुभयो । तरुलको जातअनुसार ढकको रु २०० देखि रु ७०० सम्ममा बिक्री भइरहेको बताउँदै उहाँले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताउनुभयो । 

हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उहाँको भनाइ छ । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन १८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उहाँले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताउनुभयो । 

माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई