असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भार"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

१० आश्विन २०७३, सोमबार ०६:१९


असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित रु एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो । समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो । 

उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पु¥याएको छ । एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनिल बलको फ्रिकिकमा निराजन खड्काले हेड गोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५ औँ मिनेटमा उनले गोल गरेका हुन् । 

खेलमा अग्रता भने २७ औँ मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो । 

त्यसपछि खेलको ३३ आँै मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो । 

थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुङ्गो आज हुने समूह ‘बि’अन्र्तगतको लिग चरणको अन्तिम खेलले लगाउने छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान