2026-10-15 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका मुख्यमन्त्री चीन जाँदै

भदौ २९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने भएका छन् । आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन् ।

प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ । ‘चीनको सिँचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री, मन्त्री र म जान लागेका हौं,’ सांसद रेग्मीले भने, ‘कर्णालीसँग चीनको सिमाना जोडिएका कारण विकास निर्माणमा कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।’ विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका यो भ्रमण तय भएको उनको भनाइ छ ।

‘चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजना नेपालसँग जोडिने र त्यो जोड्दा कर्णाली भएरै जोड्ने कुरा आएकोले प्रदेश सरकारको त्यहाँ भौतिक पूर्वाधार विकासमा चीनको लगानी बारेमा पनि छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणको मुख्य उद्देश्य नै पूर्वाधार विकासका लागि चीन सरकारको सहयोग ल्याउने हो ।’ सांसद रेग्मीले भ्रमण सेप्टेम्बरको १९ देखि २४ तारेखसम्म हुने बताए । उक्त भ्रमणमा केन्द्रीय नेतृत्व पनि जाने उनको भनाइ छ । यद्यपि यसअघि प्रदेश २ का मुख्यमन्त्री अमेरिका भ्रमणमा जान खोज्दा संघीय सरकारले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता