जेठ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् ।
लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई सोमबार अपरान्ह नर्भिकमा लगिएको हो ।
प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।
नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको जनाएको छ । थप जानकारी औपचारिक रुपमा गराइने अस्पताल प्रशासनले जनाएको छ ।
अहिले आफन्त र शुभेच्छुकहरुको अस्पतालमा भीड लागेको छ ।