मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/>
2026-07-25 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विस्फोट गराउँदै गरेको वा बम बोकेको थाहा पाए सीधै गोली हान्न आदेश

मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको हो । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भनेको छ । 

यस अघि भएका घटनामा संलग्नहरुलाई समेत सुरक्षा निकायले खोजि गरेको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

उक्त विस्फोटमा चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । त्यस्तै सो घटनामा घाइते हुनेहरुमा चन्द्रपुर नगरपालिकाकी ४५ वर्षकी लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षकी कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षकी दिलमाया राई र ५० वर्षकी यमुना काफ्ले छन् । एमाले कार्यकर्ता काफ्लेको एउटा हातको औँला चुँडिएको छ ।

वाम गठबन्धनले चुनावी भेला गर्नु अघि नै विस्फोट भएको थियो । त्यस्तै सनिबारनै तनहुँमा कांग्रेस नेता पौडेललाई लक्षित गरि आक्रमण गरिएको थियो । त्यसो त सुक्रबार नुवाकोटमा पनि शक्तिशाली बिष्फोट हुँदा केहि घाइते भएका थिए । तनहुँ घटनापछी बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनको मुखमा किन यसरी आक्रमण भयो ? भन्ने बिषयमा छानविन हुनुपर्ने बताए । 

– फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक