२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुत्ताको गन्ध कसरी हटाउने ?

८ भाद्र २०८०, शुक्रबार ०६:२२

काठमाडौँ | वर्षामा पानीले मोजा–जुत्ता भिज्ने गर्छ । पानी नपर्दा पनि पसिनाले मोजा भिज्छ । यसरी भिजिसकेको जुत्ता गन्हाउन थाल्छ । सुकेपछि अझै गनाउँछ । केही उपाय लगाएर यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । 

- यसको उपाय पनि छ, तपाईंले र्‍याकमा जुत्ता राख्नुअघि जुत्ताभित्र सेनिटाइजर छर्कनुस् र एक–एकवटा ग्रिन टीको ब्याग राखिदिनुस् । ग्रिन टीको ब्यागले पसिनाको चिल्लो पनि सोस्छ र गन्ध फैलाउने ब्याक्टेरियालाई पनि हटाउँछ । कागती वा अदुवामिश्रित ग्रिन टी अझै प्रभावकारी हुन्छ । यसले तपाईंको जुत्तालाई फ्रेस राख्छ । 


- जुत्ताको गन्ध हटाउनका लागि बेकिङ सोडा पनि प्रयोग गर्न सकिन्छ । जुत्ताभित्र एक चम्चा बेकिङ सोडा छर्किदिनुस् । बिहानसम्म बेकिङ सोडाले पसिना सोसिसकेको हुन्छ । त्यस्तै, गन्ध फैलाउने ब्याटेरिया हटिसकेको हुन्छ । 

- कटनको मोजा पसिना सोस्न सक्षम हुँदैन । त्यसैले जुत्ताको गन्ध हटाउनका लागि पसिना सोस्ने खालका मोजा लगाउनु राम्रो विकल्प हुन सक्छ । यस्ता मोजाले चाँडै पसिना सोस्छन् र ब्याक्टेरियालाई विकसित हुनबाट रोक्छन् । जसकारण, जुत्ता र खुट्टाबाट गन्ध आउँदैन । 

- लेभेन्डर आयलले पनि गन्ध हटाउन सहयोग गर्छ । तपाईंको जुत्ताभित्र एक वा दुई थोपा लेभेन्डर तेल हालिदिनुस् । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसकारण गन्ध आउँदैन । 

- सधैँ सफा मोजा मात्रै लगाउनुपर्छ । कुनै कारणले स्पोर्टस् सुज भिजेको छ भने त्यसलाई तत्काल धोएर सुकाउनु राम्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै