२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाजुरामा घरभित्र मृत फेला परिन् एक महिला

२१ भाद्र २०८०, बिहीबार ११:२०

भदौ २१, बाजुरा | बाजुरामा घरभित्र एक जना महिला मृत फेला परेकी छन्।

बिहीबार बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। उनी बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी थिइनन्। बिहीबार पनि नदेखिएपछि उनको घरमा जाँदा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको छिमेकी केशरकुमार बोहराले बताए। मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। 

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन्। उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन्। शाहीको मुगु नखर्चीमा विवाह भएको थियो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्। 

उनले घरमै सानो पसल सञ्चालन गरेकी थिइन्। शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमर्टम गरिएको छ। आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

‘उनको शरीर, अनुहारमा निलडाम छैन, घाँटीमा डोरी बाँधिएको छ। घटना अलि शंकास्पद छ। पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुनेछ, अहिले पहिलो चरण अनुसन्धान भइरहेको छ,’ उनले भने।

आफन्त तथा स्थानीयले अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग गरेका छन्। छिमेकीहरूको घरभन्दा टाढा भएको हुनाले रातको समयमा घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली