2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेत रोजगारमा गएका ४७ जना नेपाली युवाहरु समस्यामा, सम्बन्धित पक्ष गैरजिम्मेवार

भदौ २१, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा बिभिन्न म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई यथासक्य उद्धार गर्न पहल गरेका छन् । कुवेत स्थित ‘ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि काम बिहिन र तलब बिहिन बन्दा समस्यामा परेका छन् । पीडितहरु तिनकुने स्थित बैभव ओभरसिज प्रालि र बसुन्धरास्थित गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालि मार्फत वैदेशिक रोजगारमा कुवेत पुगेका हुन् ।

पीडित युवाहरुका अनुसार उनिहरुले मासिक ८५ केडी तलब कमाई हुने रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुलाई एक लाख ६० हजार देखि २ लाखसम्म बुझाएका थिए । कुवेतको राम्रो कम्पनी हो भन्दै म्यानपावरले पठाए पनि कुवेत पुगेपछि बिभिन्न नाममा पैसा काटेर मासिक १५/२० हजार पनि कमाउन हम्मेहम्मे परेको पीडितहरुले बताएका छन् । यसरी समस्या भोग्नेको संख्या सयौं छन् । पीडितहरुले काम पाएको अवस्थामा मासिक १२ देखि १८ हजारसम्म मात्र कमाएको बताएका छन् । म्यानपावरले पठाउँदा १२ घण्टा काम गरे १२० केडी र १६ घण्टा गरे १५० केडी कमाई हुन्छ भनि प्रलोभनमा पारेर वैदेशिक रोजगारमा पठाए पनि अधिकांशले भनेजस्तो ओभरटाईम पाउन नसकेको बताए । तर अहिले ओभरटाइम त परको कुरा कामविहीन बन्दा महिना दिनदेखि बिना तलब बस्नु परेको पीडितहरुको गुनाशो छ ।

पीडितहरु मध्ये चितवनका बद्रि तिमल्सिना भन्छन् – ‘मैले कुवेत आउँदा तिनकुने स्थित बैभव ओभरसिज म्यानपावरलाई एक लाख ६० हजार बुझाएर आएको हुँ । अहिले समस्या पर्दा पैसा लिने म्यानपावरको मान्छेले मेरो फेसबुकनै ब्लक गरिदिएको छ । म्यानपावरलाई सम्पर्क गर्दा कम्पनीले काम दिन्छ भन्दै बसेको एक महिना भईसक्यो । काम लगाउन सकेन । खानको पैसा पनि दिदैन ।’ पीडितहरुले उक्त कम्पनीबाट समस्यामा परेका सय भन्दा बढी नेपालीहरु आफ्नै प्रयासमा नेपाल फर्किसकेको जानकारी दिए । 

पीडितहरुको प्रतिनिधित्व गर्दै तिमल्सिना आफ्नो व्यक्तिगत समस्या बताउँछन् – ‘८ महिनामा मासिक १५/२० हजारको दरले पठाउँदा बल्ल-तल्ल ऋण तिरियो, अब त आफ्नो लागि पैसा बचाइएला भनेको कम्पनीले कन्ट्याक पाएन र हामी काम बिहिन बन्यौं । अब फेरी घरबाट पैसा मागेर नेपाल फर्किन पर्ने बाध्यता आयो ।’  

समस्यामा परेका युवाहरुले कुवेत स्थित नेपाली दुतावासमा आफ्नो समस्या जानकारी गराउँदा दुतवासले कम्पनीको कन्ट्याक टुटेर समस्या भएको भए यथासक्य नेपाल फर्किन सुझाव मात्र दिएको तर समस्यामा पार्ने कम्पनी र म्यानपावरसँग कुनै पहल नगरिदिएको बताए । पीडितहरुको आरोप छ ‘दुतावास जिम्मेवार कुरा गर्दैन । दुतावास पनि कम्पनी र म्यानपावरको पक्षमा छन्, श्रमिकको पक्षमा छैनन् ।’ 

यता पीडितहरुले आफ्नो समस्या समाधानको लागि पटक पटक पहल गर्दा म्यानपावरले पनि बिभिन्न बहाना बनाईरहेको बताएका छन् । ‘म्यानपावरले बहाना मात्र बनाउँछ । कम्पनी जाउ, कुरा गरिदिएको छु, काम दिन्छ, भन्छन् । कम्पनी गयो, काम छैन, तिमीहरु नेपाल फर्क भन्छ ।’ पिडितहरुको गुनाशो छ । 

पिडीतहरुले सम्बन्धित कम्पनीमा धेरै नेपालीहरु काम र तलब बिहिन बनेको कारण यथासक्य उद्दारको लागि नेपाल सरकारसँग अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता