२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशी मुद्रा सहित एक जना पक्राउ

२०८०, १ आश्विन सोमबार ०८:५४

असोज १, मकवानपुर | विदेशी मुद्रासहित हेटौंडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेबाट २३ लाख रुपैयाँ भन्दा बढी विदेशी मुद्रा सहित एक जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित हेटौडा–१५ रातोमाटे चेक प्वाइन्टबाट भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना–९ बस्ने वर्ष ४० का रम्भु दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


उनका अनुसार भदौ ३१ गते आइतबार साँझ ६ः४५ बजेको समयमा रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व–पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा दासलाई विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार यात्रा गरिरहेका दासको साथबाट सो विदेशी मुद्रा फेला पारिएको प्रवक्ता भण्डारीले बताए ।

लुकाई छिपाई गरी राखेको अवस्थामा दासको साथबाट ५० का युरोपियन डलर ८० थान (नेपाली ४,००० रुपैयाँ), १ हजारका जापानी यन १३३ थान (नेपाली १३ लाख ३० हजार ००० रुपैयाँ), १ हजारका साउदी रियल २ थान, ५०० का १५ थान, २०० का ५ थान, १०० का ५२ थान, ५० का ७ था, २० का ५ थान, १० का १३ थान, ५ का ७ थान गरी जम्मा साउदी रियल ११६ थान ‌ बरामद गरिएको उनले बताए । साउदी रियल मुद्राको नेपाली मूल्य १६ हजार ३१५ रुपैयाँ रहेको उनको भनाई छ ।

बरामद भएको विदेशी मुद्रा र निज दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने