2026-10-24 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनले ताइवानको आकाशमा पठायो १०३ लडाकु जहाज

असोज १, काठमाडौँ | ताइवानको रक्षा मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टायता चीनका १०३ वटा लडाकु जहाजले घुसपैठ प्रयास गरेका छन्। 

आफ्नो आकाशमा चीनका जहाज घुसेसँगै ताइवानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। रक्षामन्त्रालयले यसलाई हालैका दिनमा भएको सबैभन्दा ठूलो घुसपैठ भनेको छ। 

ताइवानले उसको क्षेत्रमा चीनले निरन्तर तनाव बढाउँदै गएको पनि उल्लेख गरेको छ।

चीनले हरेक दिनजसो ताइवानको क्षेत्रमा घुसपैठ कोसिस गरिरहेको जनाइएको छ। आइतबार र सोमबारको बीचमा चीनका ४० वटा लडाकु जहाज दुवै देशबीच बनेको मध्य रेखा पार गर्दै ताइवानमा घुसेका हुन्। 

यसअघि शनिबार र आइतबारको बीचमा ६३ जहाज ताइवानमा घुसेका थिए। यिनका अलावा ९ युद्धपोत पनि ताइवानको क्षेत्रमा पसेका थिए। 

चीनकोतर्फबाट भएको यो गतिविधि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरिरहेका बेला भएको हो। दुई दिनको उक्त भेटवार्तामा चीनका विदेश मन्त्री वाङ्ग यीले ताइवानको मुद्दा पनि उठाए। 

जासुसी बेलुन प्रकरणपछि दुवै देशबीचको सम्बन्धमा आएको तनावलाई उनीहरु अन्त्य गर्न चाहन्छन्। यस्तोमा जेक सुलिभन र वाङ्ग यीबीच भएको वार्तालाई अहम् मानिएको छ। तर दुवै देशले एकापसबीचका कुराकानीबारे केही खुलाएका छैनन्। 

व्हाइट हाउसले दुवै पक्षबीच युक्रेन युद्ध, ताइवान र विश्व सुरक्षाका मुद्दामा कुरा भएको जनाएको छ। चीनले दुई देशको सम्बन्धमा ताइवान एउटा रेड लाइन भएको बताउँदै अमेरिकाले त्यसलाई नाघ्न नसक्ने बताएको छ। 

करिब १ महिनाअघि चिनियाँ सेना ताइवानमाथि हमलाका लागि तालिम गर्दै गरेका देखिएका थिए। जनमुक्ति सेनाले ९६ वर्ष पूरा गरेको उपलक्षमा चीनले राज्य नियन्त्रित्र सञ्चारमाध्यम सीसीटीभीमा एक डकुमेन्ट्री प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने