२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा भन्दा भारतमा बढी भोकमरी, वास्तविक स्थितिको मूल्यांकन गर्न नसकेको भारतको आरोप

२०८०, २६ आश्विन शुक्रबार ०९:४२

असोज २६, काठमाडौँ | ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।

छिमेकी मुलुकहरु भन्दा आफ्नो स्थिति खराब देखिएसँगै भारतले यो प्रतिवेदनमाथि नै विरोध जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतले यसबारे तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै प्रतिवेदन अमान्य भएको बताएको हो । भारतको महिला एवम् बाल विकास मन्त्रालयले यो प्रतिवेदन दुर्भावनाको नियतले बनाएको आरोप लगाएको छ । यस प्रतिवेदनले भारतको वास्तविक स्थितिको मूल्यांकन नै गर्न नसकेको समेत आरोप भारतको छ ।


ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।

विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो । नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो । जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ । यो सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल