2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ईतिहासमै पहिलो पटक बल्यो नवलपरासीको महलपोखरीमा विद्युतीय बत्ती

माघ २, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्र स्थित महलपोखरी पहिलो पटक बिद्युतिय बत्ति बालिएको छ । 

अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दाहरु दियो र सोलार प्रयोग गर्दै आएका थिए । नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर पहाडको डाँडामा अवस्थित महलपोखरीको अन्धकार हटाउन सुनवल गरपालिकाले हिजो सोमबार साँझ विद्युतको पहुँच पुरयाई सो गाउँलाई उज्यालो बनाएको हो ।

सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रीले विशेष पहल गर्दै नेपाल विद्युत प्राधिकरण शखा परासी र सुनवल संग प्राविधिक सहयोग मागि सो बस्तीमा ईतिहासमै पहिलो पटक विद्युतिय सेवा पुरयाइ गाउँलाई उज्यालो बनाएका हुन् ।

सोमबार विहानदेखि विद्युत प्राधिकरण र नगरपालिकाको प्राविधिक कर्मचारीहरु खटिएर गाउँभरि तार तान्ने, २५ किलोवाटको टरान्सफर्मा जडान गर्ने र प्रत्येक घरधुरीमा मिटर बस्क र विद्युत जडान गर्ने कार्यमा खटेका थिए । 

गाउँमाल प्राविधिक कार्य सम्पन्न भएपश्चात नगरपालिका प्रमुख भिम बहादुर थापा, उप प्रमुख दधिराम अर्याल, सुनवल नगर प्रवक्ता कृष्ण देवकोटा, प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, वार्ड नम्बर ४ का वार्ड सदस्य बालकृष्ण पंगेनी, युवा समाजसेवी गोपाल भट्टराई, यज्ञ प्रसाद पौडेल, सन्तोष पौडेल र सुनवल नगरपाकिलाका र विद्युत प्राधिकरणका कर्मचारीहरुको संयुक्त टोलीले महलपोखरी गाउँमा विद्युतीय बल्ब बत्ति बाली विद्युतको उद्दघाटन गरेका थिए ।

महलपोखरीको लामो ईतिहास रहेपनि यसको क्षेत्रको विकासमा सरकारद्धारा कुनै पहल भएको पाइएको छैन । अहिले महलपोखरीमा २३ घरधुरी छ । सो गाउँमा करिब १ सय ५० जनाको जनसंख्या छ । 

गाउँमा कच्ची भएपनि बाटोको व्यवस्था र विद्युतको व्यवस्था भएपछि गाउँबासीहरु खुशी जाहेर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो