२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता भड्काउने छुट कसैलाई छैन : अध्यक्ष प्रचण्ड

२०७६, १४ जेष्ठ मंगलवार १४:०७

जेठ १४ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिएर जनता भड्काउने छुट कसैलाई नभएको बताउनुभएको छ । उहाँले ठूलो त्याग र बलिदानपछि आएको राजनीतिक परिवर्तन र त्यसका उपलब्धिलाई संस्थागत गरी देशलाई समृद्ध बनाउनुको अर्काे विकल्प नभएकाले विकास निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।


आज राजधानीमा आयोजित गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताले बनाएको संविधान, जनताले ल्याएको परिवर्तन, जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिई त्यसबाट जनतालाई भड्काउने कुनै ठाउँ छैन, सबै केन्द्रित भएर समृद्धि र विकास निर्माणमा अगाडि बढौँँ ।”

राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक क्रान्तिको यूग शुरु भएको बताउँदै अध्यक्ष दाहालले नेपालको विविधताबारे विश्वभरि जति राम्रो प्रचार गर्न सक्यो त्यति नै गुणात्मकता आउने र त्यसको प्रचुर सम्भावना रहेकोसमेत उल्लेख गर्नुभयो । “विकासको निम्ति राजनीतिक नेतृत्वको तहबाट आउँदो १०,२० वर्षमा एउटा क्रान्ति गर्ने सङ्कल्पमा छौंँ, तपाईहरुको सहयोग मिलिरह्यो भने हामी बाँच्दाबाँच्दै यो देशमा ठूलो आर्थिक क्रान्ति आउँछ, हामी सबै मिलौँ”, उहाँले भन्नुभयो ।

सबैभन्दा अग्लो हिमालमात्रै नभई संसार कै महान् दार्शनिक गौतमबुद्ध, पौराणिक समयमा भारत र श्रीलङ्कासम्म संस्कृति तथा सभ्यताको सन्देश दिने जानकी, तिब्बत र चीनमा नयाँ संस्कृति र दर्शन फैलाउने भृकुटी नेपालमै जन्मेको स्मरण गर्दै उहाँले पुर्खाको त्यागले नेपालको शिरमाथि उठेको जिकिर गर्नुभयो । उहाँले मुलुकमा आधुनिक राजनीतिक लोकतन्त्रको नयाँ अभ्यासको थालनी भएको उल्लेख गर्दै बलियो सरकार बनेर एउटा राजनीतिक वातावरण निर्माण भएकाले अबको बाटो विकास र समृद्धि नै भएको बताउनुभयो । 

अध्यक्ष दाहालले नेपालाई प्रकृतिले प्रचुर साधन स्रोत प्रदान गरेको, बहुआयामिक विविधता दिएको र विविधतामा पनि सानदार एकताको संस्कृति रहेकाले यसलाई सदुपयोग गरेर विकासको गति बढाउनुपर्ने आश्यकता औँल्याउनुभयो । हिमालका जडीबुटी, नदीनाला, सुन्दरता, ऐतिहासिक र धार्मिक स्थान संसारभरिका मानिसका निम्ति आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने अध्यक्ष दाहालको धारणा थियो ।

बुद्ध जन्मेको देश हुनुको नाताले पनि संसारभरिका जुनसुकै धर्म सम्प्रदायका मानिसको आकाङ्क्षा एक चोटी लुम्बिनी आई शान्तिको सन्देश लिएर जाने रहेको उहाँको भनाइ छ । जुन हिसाबले सम्पदालाई सदुपयोग गर्नुपर्ने हो विगतमा हुन नसके पनि अहिले आएको ऐतिहासिक अवसरलाई गुम्न दिन नहुनेमा उहाँको जोड थियो । 

मिङ्मा शेर्पा ‘टुरिजम म्यान अफ दि इयर’

गन्तव्य नेपाल समूहले ‘टुरिजम म्यान अफ दि इयर’बाट पर्वतारोहण क्षेत्रमा काम गर्दै आउनुभएका मिङ्मा शेर्पालाई आज सम्मान गरेको छ । शेर्पा आरोहण क्षेत्रमा सबैभन्दा बढी राजश्व तिर्ने व्यवसायीसमेत हुनुहुन्छ । कार्यक्रममा उहाँलाई नेकपाका अध्यक्ष दाहालले उक्त अवार्डबाट सम्मान गर्नुभएको थियो । 

यस्तै सोसल सर्भिस लाइफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङ, योग टुरिजम अवार्डबाट योगाचार्य सुवोध सिंखडा, एक्सलेन्स प्रोडक्सन अवार्डबाट रामकुमार अधिकारी, टुरिजम पर्सनालिटी अवार्डबाट युवराज श्रेष्ठलाई सम्मान गरिएको छ । 

टुरिजम अवार्डबाट दुर्गादत्त ढकाल, पेम्बा शेर्पा, आशुतोष प्रधान, सजना अधिकारी, पेम्बा लामा र अर्गानिक एग्रो टुरिजम अवार्डबाट नवराज श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार शिव देवकोटा, कृष्ण सुवेदी, रविन थपलिया र भीमप्रसाद सापकोटालाई समेत सम्मान गरिएको थियो ।

आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले सन् २०१० बाट अवार्ड वितरण शुरु गरिएको जानकारी दिँदै पर्यटन विकासमा सबैको हातेमालो आवश्यक रहेकामा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित