पढ्न करिब 1 मिनेट लाग्छ

कविता उपाध्याय | चैत १७, लिबाङ (रोल्पा) | रोल्पामा धामीझाक्रीको भरपर्दा आज विहान एक गर्भबती महिलाको ज्यान गएको छ ।

कुरेली ७ दुईखोली गाउँपालिकाकी २० वर्षिया बिमला रोकाको जिल्ला अस्पताल रोल्पामा आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।

सात महिनाकी गर्भबती बेहोस भएपछि रोकालाई अस्पताल लैजानुको साटो धामीझाक्री गर्दा उहाँको निधन भएको आफन्तलाई उद्दृत गर्दै डागीले बताउनु भयो । बिरामी भएको करिव चारदिन सम्म धामीझाक्रीकै भरमा राखिएकी रोकालाई हिजो साँझ जिल्ला अस्पताल ल्याइएको थियो । डाँगीका अनुसार अस्पताल ल्याउन अगाडि नै गर्भको शिशु मरिसकेको थियो ।

अस्पतालका अनुसार आमाको मृत्यु गर्भाबस्थामा हुने इक्लाम्प्सियाका कारण भएको हो । तर समयमै उपचार पाएको भए रोकाको उपचार हुनसक्ने बताइएको छ । रोल्पामा यस आवमा मात्र दुईजनाको निधन भएको छ । गाउँमा बर्थिङ सेन्टर हुँदाहुँदैपनि गर्भबती महिलाको मृत्यु हुने दुःखद पक्ष भएको डाँगीको भनाइ छ ।