२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकामा भएको गोलीकाण्डमा मारिनेको सङ्ख्या २२ पुग्यो, आक्रमणकारी अझै फरार

९ कार्तिक २०८०, बिहीबार ०९:५०

कत्तिक ९, अमेरिका । लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।


त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो । त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो । त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ । 

लेविस्टन प्रहरीले आफ्नो फेसबुक पेजमा सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । उनको नाम रोबर्ट कार्ड भएको बताइएको छ । उनले अमेरिकी सेनाको रिजर्भ ट्रेनिङ सेन्टरमा हतियारको प्रशिक्षण लिएको र उनीमा मानसिक समस्या रहेको प्रहरीको भनाई छ । ४० वर्षीय कार्डले दुई महिना मानसिक अस्पतालमा बिताएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ