2026-07-24 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एम्बुलेन्सले बाटोमै शव छोडेपछि …..

जेठ २६, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो ।

स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी गर्यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् । 

“मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भन्नुभयो, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन् ।” मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उहाँले बताउनुभयो । 

राति कतिबजेतिर सुर्खेत पुर्याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उहाँको भनाइ छ ।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक