By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    9 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: १९ वर्षीया जमुना जसले भूकम्पबाट गुमाइन् श्रीमान् र गर्भको ८ महिने शिशु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > १९ वर्षीया जमुना जसले भूकम्पबाट गुमाइन् श्रीमान् र गर्भको ८ महिने शिशु
समाज

१९ वर्षीया जमुना जसले भूकम्पबाट गुमाइन् श्रीमान् र गर्भको ८ महिने शिशु

साझासवाल
Last updated: November 7, 2023 7:36 am
साझासवाल
4 Min Read
Share

कार्तिक २१, जानकी (बाँके) | जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको ८ महिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहिन्छिन्। भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्। 

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ। भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ। उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको ४ दिन बितेको छ। बितेका ४ दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन। श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैययामा छटपटिरहेकी छन्।

जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् भने कतिबेला बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।

‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ। उसलाई थाहा छ। तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे,’ आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे। कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा पवित्रालाई छोरीको चिन्ताले सताइरहेको छ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए। घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए। 

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ,’ भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका भागिरामले सुनाए। जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो। पेटभित्र मरेको शिशुलाई निकालिएको छ। शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसान घाटमा नै गरिएको बुवा भागिरामले बताए।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किएको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो। ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ। गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ। त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ,’ भागीरामले सुनाए। दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्‌सँगै आएकी आमा पवित्रा भन्छिन्, ‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ। हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला। अब छोरी चाँडै निको भइदिए हुन्थ्यो।’ 

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ। भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र २ आमाजु सँगै एउटै घरमा खाना खाएर सुतेका थिए। भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन्।  

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो। २ जना निको भइ घर फर्किएका छन् भने १ जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भूकम्प पीडित राहतका लागि आईएमई ग्रुपले प्रधानमन्त्रीलाई बुझायो डेढ करोडको चेक
Next Article जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

म्याग्दी - MGDसमाज

म्याग्दीमा वडाध्यक्षलाई मोसो र चप्पलको माला

57 years ago
काठमाडौँ - KTMसमाज

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

57 years ago
बैतडी - BTDसमाज

बैतडीमा एक महिलाले परीक्षा केन्द्रमै बच्चा जन्माइन

57 years ago
काठमाडौँ - KTMसमाज

लोकसेवा आयोगको विज्ञापन संविधानको मर्मविपरीत

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?