२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो

२९ आश्विन २०७३, शनिबार १६:२९

असोज २९, वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । 

घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि स्थानीय एक पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति वनारस क्षेत्रमा भएको उक्त दुःखद घटनाले आफूलाई मर्माहत तुल्याएको शनिबार ट्विटमार्फत जनाउनुभएको छ । 

उहाँले घटनापछि आफूले स्थानीय अधिकारीसँग कुराकानी गरेको र घटनामा ज्यान गुमाउने मृतकका आफन्तजनलाई दुई लाख राहतसहयोग दिने घोषणा गर्नुभएको छ । साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाखको राहत सहयाग घोषणा गर्नुभएको छ । रासस/एपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान