२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो

२०७३, २९ आश्विन शनिबार १६:२९

असोज २९, वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । 

घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि स्थानीय एक पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति वनारस क्षेत्रमा भएको उक्त दुःखद घटनाले आफूलाई मर्माहत तुल्याएको शनिबार ट्विटमार्फत जनाउनुभएको छ । 

उहाँले घटनापछि आफूले स्थानीय अधिकारीसँग कुराकानी गरेको र घटनामा ज्यान गुमाउने मृतकका आफन्तजनलाई दुई लाख राहतसहयोग दिने घोषणा गर्नुभएको छ । साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाखको राहत सहयाग घोषणा गर्नुभएको छ । रासस/एपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी