2026-07-06 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला सदरमुकाम फेरी डुबानमा पर्ने सम्भावना, सतर्क रहन आग्रह

असोज २९, बैतडी । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । 

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राससलाई दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उहाँले भन्नुभयो, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उहाँले बताउनुभयो । 

सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि गएराति थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेकोे उहाँले बताउनुभयो । तत्काललाई खतरा नभए पनि खतरामुक्त भइसकेको छैन, प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।” 

बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी नेपाली सेनाले गरिरहेको उहाँले बताउनुभयो । 

आज पनि भारतको धारचुलाका उपजिल्ला अधिकारी, प्राविधिक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायतले पहिरोको अनुगमन गरेको र आइतबार थप अनुगमन गरिने बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो