५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला सदरमुकाम फेरी डुबानमा पर्ने सम्भावना, सतर्क रहन आग्रह

२९ आश्विन २०७३, शनिबार १६:३३

असोज २९, बैतडी । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । 

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राससलाई दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उहाँले भन्नुभयो, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उहाँले बताउनुभयो । 

सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि गएराति थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेकोे उहाँले बताउनुभयो । तत्काललाई खतरा नभए पनि खतरामुक्त भइसकेको छैन, प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।” 

बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी नेपाली सेनाले गरिरहेको उहाँले बताउनुभयो । 

आज पनि भारतको धारचुलाका उपजिल्ला अधिकारी, प्राविधिक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायतले पहिरोको अनुगमन गरेको र आइतबार थप अनुगमन गरिने बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता