३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

३० आश्विन २०७३, आईतवार ११:०३

असोज ३०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेकपा ९एमाले० का डा राजन भट्टराईले अघिल्लो सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाउन नसकेको जनाई नयाँ सरकार गठन गरिए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको बताउनुभयो । 

परराष्ट्र मामिलाका जानकार डा भट्टराईले सरकारबाट दुवै छिमेकी मुलुकमा विशेष प्रतिनिधि पठाइएको र त्यसपछि दिइएका सार्वजनिक अभिव्यक्ति कार्यान्वयनमा नआएको गुनासो गर्दै सरकार यसमा गम्भीर बन्न नसकेको दोषारोपण गर्नुभयो । उहाँले यसबारे प्रधानमन्त्रीले संसद्लाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । 

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले भारतको गोवामा ब्रिक्स सम्मेलन भइरहेका अवसरमा नेपालमा चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमण हुने सम्भावना भए पनि त्यसो हुन नसक्दा नेपाललाई दुरगामी असर परेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपतिलाई भारतको भूमिमा गएर नेपालका प्रधानमन्त्रीले निम्तो दिनुपर्ने दुर्भाग्यपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो । 

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेको विषयलाई भ्रम सिर्जना हुने खालका अभिव्यक्ति दिए पनि सरकार नसुने झैं गरी बसेको आरोप लगाउनुभयो । 

हिन्दीलाई अनुसूचीमा राख्न हुँदैन 

नेपाली काँग्रेसका धनराज गुरूङले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन र नेपालको संविधानको अनुसूचीमा राख्नुपर्ने विषय भनी किन उठाइयो भनी प्रश्न गर्नुभयो । 

“नेपालका सबै भाषालाई संविधानले सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिइसकेका अवस्थामा हिन्दी भाषाको चर्चा गरिनु राष्ट्रियतामाथिको अपमान भएको छ”–उहाँले भन्नुभयो । 

स्थानीय निर्वाचन र संविधान संशोधन माग 

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले स्थानीय निकायको पुनःसंरचना गर्दा सम्बन्धित आयोगलाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सरकारले उपलब्ध नगराएकाले यस्तो व्यवहारले स्थानीय तहको निर्वाचन ढिलो हुनेतर्फ सजग गराउनुभयो । 

सांसद योगेन्द्र घिसिङले आदिवासी/जनजाति र मधेसीको माग बमोजिम संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो । सांसद अकवालअकमर शाह, प्रेमबहादुर गिरी, रामकृष्ण यादव, दुलारी हरिजन लगायतले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन